गोरखामा ८ महिना अघि बरामद भएको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने

फागुन ५, गोरखा ।

जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते बरामद गरेको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको शुक्रवारको मन्त्रीस्तरको निर्णय अनुसार उक्त पत्थर गोरखकाली मन्दिर परिसरमा राखिने भएको हो ।

जिल्ला प्रशसन कार्यालयले गत माघ २४ गते क्वार्ज क्रिष्टलको ब्यवस्थापनका विषयमा खानी तथा भूगर्भ विभागलाई पत्र खानी तथा भूगर्भ विभागलाई पत्र लेखेको थियो । विभागले मन्त्रालयको राय मागेकोमा नेपाल सरकारको स्वामित्व रहने गरि गोरखामै संरक्षण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।

‘खानी तथा खनिज पदार्थ ऐन २०४२ को दफा ३ बमोजिम नेपाल सरकारको सम्पत्ति हुने गरि उक्त सम्पत्ति संरक्षण गर्न उचित स्थान र सुरक्षा प्रवन्ध गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड (प) बमोजिम संरक्षण गर्न गराउन तहाँ कार्यालय मार्फत गोरखा नगरपालिकालाई लेखि पठाउने भनि मिति २०८०/११/०४ मा माननीय मन्त्रिस्तरको निर्णय भएको ब्यहोरा अनुरोध छ’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई लेखेको पत्रमा भनिएको छ ।

मन्त्रालयको पत्रबारे जानकारी गराउन तथा क्वार्ज क्रिष्टलको ब्यवस्थापन कसरी गर्ने भन्नेबारे प्रमुख जिल्ला अधिकारी भोला दाहालले शनिवार सर्वपक्षीय छलफल पनि गर्नुभएको छ ।


छलफलमा धारणा राखेका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, ब्यवसायी, पत्रकार र सामाजिक संघसंस्थाका प्रतिनिधिले पनि गोरखकाली मन्दिर परिसरमा उक्त पत्थर राख्नुपर्ने धारणा ब्यक्त गरेका थिए ।

सोही अनुसार गोरखकाली मन्दिर र गोरखा दरवारको बिचमा रहेको रंगमहलको भूईंतल्लाको छिंडीमा आवश्यक सुरक्षा प्रवन्ध सहित क्वार्ज क्रिष्टलको संरक्षण गरिने प्रमुख जिल्ला अधिकारी दाहालको भनाई छ ।

छलफलमा सहभागी धेरैजसोले क्रिष्टलको संरक्षण र सुरक्षाका सम्बन्धमा राखेको चासोबारे प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो, ‘क्वार्ज क्रिष्टलको विषयमा यो अन्तिम बैठक हो, अब हामी मन्त्रालयको निर्णय कार्यान्वयन गर्छौं । पत्थरको सुरक्षाको विषयमा चिन्ता नलिऔं, त्यसको ब्यवस्थापन जिल्ला सुरक्षा समितिले गर्छ ।’

मन्त्रालयको निर्णय अनुसार क्वार्ज क्रिष्टल संरक्षण र ब्यवस्थापनको जिम्मा गोरखा नगरपालिकाले पाएको छ । नगरप्रमुख कृष्णबहादुर रानाले पारदर्शी सिसाभित्र सबैले देख्ने गरि क्रिष्टल राखिने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयको टोलीले गोरखा नगरपालिका ७ सतिपिपलस्थित चन्द्रमान शाहीको घरमा रहको उक्त पत्थर गत असार १४ गते बरामद गरेको थियो ।

प्रतिकृया दिनुहोस

पालुङटारस्थित मर्स्याङ्दी नदी किनारमा महिलाको शव भेटियो

फागुन ५, गोरखा । पालुङटार नगरपालिका–७ सतिघाटस्थित मस्र्याङ्दी नदी किनारमा एक महिलाको शव भेटिएको छ । शनिवार बिहान अन्दाजी ३०/३५ वर्षकी महिलाको शव

बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी गोरखाका निर्माण ब्यवसायी भट्ट पक्राऊ

फागुन २, गोरखा । गोरखाको भिमसेनथापा गाऊँपालिका ५ का निर्माण ब्यवसायी ३७ वर्षका चित्रप्रसाद भट्ट बैंकिङ कसुर मुद्धामा पक्राऊ परेका छन् । हाल गोरखा

गण्डकी प्रदेशमा आगामी शुक्रवार सार्वजनिक बिदा

फागुन २, गोरखा । गण्डकी प्रदेशमा आगामी फागुन ४ गते शुक्रवार सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश मन्त्रीपरिषदले गत वर्षको चैत ८ गते गरेको