बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी गोरखाका निर्माण ब्यवसायी भट्ट पक्राऊ

फागुन २, गोरखा ।

गोरखाको भिमसेनथापा गाऊँपालिका ५ का निर्माण ब्यवसायी ३७ वर्षका चित्रप्रसाद भट्ट बैंकिङ कसुर मुद्धामा पक्राऊ परेका छन् । हाल गोरखा नगरपालिका–६ मा बस्दै आएका नवप्रभात निर्माण सेवा प्रालिका सञ्चालक भट्ट मंगलवार पक्राऊ परेका हुन् ।

अर्थ मुभर्स प्रालिबाट एक्साभेटरको पार्टस् खरीद वापत दिएको चेकमा पर्याप्त रकम नभएको पाइएपछि बिक्रेता कम्पनीका कृष्णप्रसाद तिवारीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

पार्टस् खरीद वापत भट्टले आफू सञ्चालक रहेको कम्पनीको मेगा बैङ्क गोरखा शाखाको १ लाख ९ हजार ६ शय ३६ रुपैयाँको चेक अर्थ मुभर्स प्रालिको नाममा काटिदिएका थिए । तर चेक सटहीका लागि जाँदा खातामा पर्याप्त रकम नरहेको पाइएपछि चेक फिर्ता भएको थियो ।

बिक्रेता कम्पनीका तिवारीले चेकमा उल्लिखित रकम फिर्ता दिलाई पाऊँ भनि प्रहरीमा दिएको जाहेरीका आधारमा बैंकिङ कसूर शीर्षकमा मुद्धा दर्ता गरि प्रहरीले अनुसन्धान थालेको थियो ।

त्यसयता फरार रहेका भट्ट मंगलवार गोरखा नगरपालिका–६ बाट पक्राऊ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक शेखर खड्काले बताउनुभयो । गोरखा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भैरहेको खड्काले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस

पालुङटारस्थित मर्स्याङ्दी नदी किनारमा महिलाको शव भेटियो

फागुन ५, गोरखा । पालुङटार नगरपालिका–७ सतिघाटस्थित मस्र्याङ्दी नदी किनारमा एक महिलाको शव भेटिएको छ । शनिवार बिहान अन्दाजी ३०/३५ वर्षकी महिलाको शव

गोरखामा ८ महिना अघि बरामद भएको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने

फागुन ५, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते बरामद गरेको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने भएको छ । उद्योग, वाणिज्य

गण्डकी प्रदेशमा आगामी शुक्रवार सार्वजनिक बिदा

फागुन २, गोरखा । गण्डकी प्रदेशमा आगामी फागुन ४ गते शुक्रवार सार्वजनिक बिदा हुने भएको छ । गण्डकी प्रदेश मन्त्रीपरिषदले गत वर्षको चैत ८ गते गरेको