गोरखामा द्धन्द्धपीडित परिचय पत्र वितरण सुरु


बैशाख ५, गोरखा ।  शशस्त्र युद्धमा पिडित गोरखाका नागरिकलाई द्धन्द्धपिडित परिचय पत्र वितरण सुरु भएको छ । संक्रमणकालिन न्यायका लागि २०७१ सालमा स्थापना भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले ६ बर्षपछि पीडित पहिचान गरि परिचय पत्र वितरण सुरु गरेको हो । आयोगका अध्यक्ष गणेशदत्त भट्ट सहितको टोलीले शुक्रबार जिल्ला सदरमुकाममा २ जनालाई पीडित परिचय पत्र वितरण गरेको हो ।

आयोगमा जिल्लाबाट १ हजार २ सय ५८ उजुरी परेका थिए । त्यसमध्ये प्रारम्भिक छानविन पश्चात यथेष्ट प्रमाणका आधारमा द्धन्द्धपीडित पुष्टि भएकालाई प्रमाणपत्र वितरण गरिएको आयोगका अध्यक्ष भट्टले जानकारी दिनुभयो । आज नै ३ जना द्धन्द्धपिडितले परिपुरण फारम पनि भरेका उहाँले बताउनुभयो । प्रमाणका आधारमा द्धन्द्धपीडित पुष्टि भएका सबैलाई क्रमश परिचय पत्र वितरण गर्ने योजना रहेको उहाँको भनाई छ । आबश्यकता अनुसार मुकाम स्थापना गरेर वा पीडितको घरमै पुगेर पनि परिचय पत्र वितरण गर्ने आयोगले जनाएको छ । 

परिचय पत्र प्राप्त गर्नेलाई  परिपुरण अन्तरगत रोजगारी, निशुल्क शिक्षा तथा स्वास्थ्य उपचार, पीडितको माग अनुसारका आर्थिक प्याकेज, अन्य आबश्यक सहुलियत र सेवा सुविधा  दिन सरकारलाई आयोगले सिफारिस गर्ने आयोगका सचिव तोयानाथ अधिकारीले जानकारी दिनुभयो । 

द्धन्द्धपीडितलाई न्याय दिलाउन संरचना बनिसकेकाले वास्तविक द्वन्द्वपीडितले न्याय पाउनेमा ढुक्क रहन आयोगका अध्यक्ष भट्टले  आग्रह गर्नुभयो । गलत ब्यक्तिलाई परिचय पत्र वितरण नहोस भन्नेमा आफुहरु सचेत रहेको उहाँको भनाई छ । पीडितलाई न्याय दिलाउन लामो प्रक्रिया र समय लाग्ने हुँदा सर्वोच्चको फैसलाको आधारमा वा निर्देशनात्मक आदेशको आधारमा आयोगसँग सम्बन्धित ऐन कानुनको संशोधन गर्नु जरुरी रहेको उहाँको भनाई छ ।

सीमित स्रोत साधन र जनशक्तिका बावजुत आयोगले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । आयोगमा द्धन्द्धपिडितका ६३ हजार ७ सय १८ उजुरी परेको छ ।  आउँदो असार सम्ममा प्रारम्भीक अनुसन्धान सकिएका  तीन हजार ७ सय ८७  उजुरीलाई छिनोफानो लगाउने तयारी भैरहेको आयोगका सहन्यायधीबक्ता परमेश्वर पराजुलीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

पालुङटारस्थित मर्स्याङ्दी नदी किनारमा महिलाको शव भेटियो

फागुन ५, गोरखा । पालुङटार नगरपालिका–७ सतिघाटस्थित मस्र्याङ्दी नदी किनारमा एक महिलाको शव भेटिएको छ । शनिवार बिहान अन्दाजी ३०/३५ वर्षकी महिलाको शव

गोरखामा ८ महिना अघि बरामद भएको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने

फागुन ५, गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गत असार १४ गते बरामद गरेको क्वार्ज क्रिष्टल गोरखकाली मन्दिर परिसरमा राखिने भएको छ । उद्योग, वाणिज्य

बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी गोरखाका निर्माण ब्यवसायी भट्ट पक्राऊ

फागुन २, गोरखा । गोरखाको भिमसेनथापा गाऊँपालिका ५ का निर्माण ब्यवसायी ३७ वर्षका चित्रप्रसाद भट्ट बैंकिङ कसुर मुद्धामा पक्राऊ परेका छन् । हाल गोरखा