पालुङटारस्थित मर्स्याङ्दी नदी किनारमा महिलाको शव भेटियो
फागुन ५, गोरखा । पालुङटार नगरपालिका–७ सतिघाटस्थित मस्र्याङ्दी नदी किनारमा एक महिलाको शव भेटिएको छ । शनिवार बिहान अन्दाजी ३०/३५ वर्षकी महिलाको शव नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । शवको पहिचान हुन सकेको छैन । शव पोस्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको छ ।